१६ आश्विन २०८२, बिहीबार | Email:- [email protected] | [email protected]
जेनजी प्रदर्शनमा सरकारको गोलीप्रहार र दमन : नेसपा नयाँ शक्तिको कडा आपत्ति - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)Nepal Rastra TVUncategorizedकर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशप्रदेश १प्रवासप्राविधिक समाचारफिचरबिचारबिचित्रमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशविचार दृष्टिकोणशिक्षासाहित्य/ सिर्जनासुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तहस्वास्थ्य

जेनजी प्रदर्शनमा सरकारको गोलीप्रहार र दमन : नेसपा नयाँ शक्तिको कडा आपत्ति

रणजित मेहता। काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले सोमबार भएको जेनजी प्रदर्शनमा सरकारले गरेको दमन र गोली प्रहारको कडा निन्दा गरेको छ। पार्टीका प्रवक्ता कृष्ण शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा अहिलेसम्म १९ जनाको मृत्यु र सयौँ गम्भीर घाइते भएको खबरले राष्ट्रलाई स्तब्ध बनाएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले प्रदर्शनका क्रममा गरेको हत्या र दमनको घोर विरोध, निन्दा र भर्त्सना गर्दछौँ।” जेनजी प्रदर्शनलाई पुराना दल र सरकारले दीर्घकालीन रूपमा थोपरेका बेथिति, विसंगति, कुशासन र भ्रष्टाचारविरुद्धको विद्रोहका रूपमा व्याख्या गर्दै पार्टीले आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ।

विज्ञप्तिमा थप भनिएको छ, “लोकतन्त्रमा नागरिकलाई शान्तिपूर्ण ढंगले भेला हुने, विरोध गर्ने र अभिव्यक्ति राख्ने अधिकार सुनिश्चित गरिएको हुन्छ। तर सरकारले प्रहरी मात्र होइन, सेना समेत परिचालन गरी कलीला युवामाथि गरेको बल प्रयोग, कर्फ्यु, अश्रुग्यास र गोली प्रहार अलोकतान्त्रिक मात्र नभई निरंकुश र फासिस्ट कार्य हो।”

पार्टीले गिरफ्तार प्रदर्शनकारीलाई तत्काल रिहा गर्न, मृतकलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न र आन्दोलनका जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्, “हाम्रो पार्टी सधैं जेनजी पुस्ताको न्यायपूर्ण आवाज र जनअधिकारको पक्षमा दृढ रूपमा उभिनेछ र अलोकतान्त्रिक दमनविरुद्ध निरन्तर संघर्षरत रहनेछ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button