२१ पुष २०८२, सोमबार | Email:- [email protected] | [email protected]
शितलहरका कारण दाउन्ने खण्ड चिप्लो, पूर्व–पश्चिम राजमार्गमा यात्रा प्रभावित - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशप्रदेश १प्रवासप्राविधिक समाचारफिचरबिचारबिचित्रमधेस प्रदेशमुख्य समाचारलुम्बिनी प्रदेशवाग्मती प्रदेशविचार दृष्टिकोणसाहित्य/ सिर्जनासुदूरपश्चिम प्रदेशसूचना / प्रबिधिस्थानीय तह

शितलहरका कारण दाउन्ने खण्ड चिप्लो, पूर्व–पश्चिम राजमार्गमा यात्रा प्रभावित

काठमाडौँ — शितलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो बनेपछि यातायात आवागमनमा कठिनाइ भएको छ।

सडक विभागको आयोजना निर्देशनालयका अनुसार पछिल्ला केही दिनयता अचानक बढेको शितलहरले निर्माणाधीन सडकमा समस्या देखिएको हो। दाउन्ने खण्डका केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम जारी रहेकाले एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ, जसका कारण सवारी साधन सञ्चालनमा थप कठिनाइ आउन सक्ने आयोजनाले जनाएको छ।

यात्रु तथा सवारी चालकलाई मौसममा सुधार नआएसम्म उक्त सडक खण्डमा यात्रा गर्नुअघि सडक अवस्थाबारे सही र अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ। यदि सो क्षेत्रमा यातायात सञ्चालनमा अवरोध उत्पन्न भएमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने आयोजनाले स्पष्ट पारेको छ।

आयोजनाका अनुसार पूर्व–पश्चिम राजमार्ग हुँदै आवत–जावत गर्ने सवारी साधनहरूले नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन्। त्यसैगरी कालीगण्डकी चोक (गैँडाकोट)–रामपुर–पिपलडाँडा मार्ग पनि वैकल्पिक रूपमा प्रयोग गर्न सकिनेछ।

यस्तै, काठमाडौँबाट बर्दघाट पश्चिमतर्फ जाने तथा बुटवल–काठमाडौँ आउने सवारी साधनहरूले काठमाडौँ–मुग्लिङ–पोखरा मार्ग हुँदै यात्रा गर्न सक्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button