२१ पुष २०८२, सोमबार | Email:- [email protected] | [email protected]
नयाँ राजनीतिक समीकरणः रवि–बालेन्द्र–कुलमान एउटै मोर्चामा, जेन–जीसँग पनि सहकार्यको बाटो खुल्दै - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)Uncategorizedअन्तर्वार्ताकर्णाली प्रदेशखेलकुदगण्डकी प्रदेशताजा समाचारदेशप्रदेश १प्रवासप्राविधिक समाचारफिचरबिचारमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशविचार दृष्टिकोणसाहित्य/ सिर्जनासूचना / प्रबिधिस्थानीय तह

नयाँ राजनीतिक समीकरणः रवि–बालेन्द्र–कुलमान एउटै मोर्चामा, जेन–जीसँग पनि सहकार्यको बाटो खुल्दै

काठमाडौँ — वैकल्पिक राजनीतिका तीन प्रमुख धार एउटै राजनीतिक यात्रामा अघि बढ्ने सहमतिमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति भएको हो ।

रास्वपा र मेयर बालेन्द्रबीच सहमति भएको भोलिपल्टै ऊर्जा क्षेत्रका चर्चित अभियन्ता कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि उक्त एकतामा समेटिएको हो । एकतासम्बन्धी सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने बालेन्द्र शाह साक्षी बसेका छन् । हस्ताक्षर समारोहमा कुलमान घिसिङ स्वयं उपस्थित थिए ।

सहमतिअनुसार पार्टीको नाम, झन्डा र चुनाव चिह्न ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ कै रहनेछ । सभापतिमा रवि लामिछाने यथावत् रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति भएको छ ।

उज्यालो नेपाल अभियानलाई पार्टीभित्र समाहित गर्दै संगठनात्मक संरचना अझ सुदृढ र व्यापक बनाइने सहमतिपत्रमा उल्लेख छ । उज्यालो नेपाल पार्टीसँग आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा पार्टी संरचनामा समायोजन गरिने बताइएको छ ।

औपचारिक सहमतिपत्रमा उल्लेख नभए पनि केन्द्रीय समिति र आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुलमान पक्षलाई करिब १७ प्रतिशत प्रतिनिधित्व दिने समझदारी भएको नेताहरूले बताएका छन् । सोही आधारमा कुलमान पक्षबाट समानुपातिकतर्फ १८ जनाको उम्मेदवार सूची तयार गरिएको छ । प्रत्यक्ष निर्वाचनतर्फको टिकट बाँडफाँट पनि लगभग त्यही अनुपातमा हुने सहमति बनेको जनाइएको छ ।

यसअघि शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा रवि, बालेन्द्र र कुलमानबीच पटक–पटक संवाद भए पनि निष्कर्ष ननिस्किएको थियो । आइतबार मध्यरातसम्म काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको छलफल पनि टुंगोमा पुग्न सकेको थिएन । वार्तामा कुलमानले सम्मानजनक सहभागिताको माग गर्दै ३० प्रतिशत हिस्सा अडान राखेका थिए भने रास्वपाले १० प्रतिशत प्रस्ताव गरेको थियो ।

संवाद अवरुद्ध भएपछि कुलमानले उज्यालो नेपाल पार्टीबाट निर्वाचन आयोगमा बुझाउने समानुपातिक बन्दसूची तयार गर्न थालेका थिए । तर त्यहीबीच ‘द काउन्सिल अफ जेन–जी’ का अगुवा सुधन गुरुङ, जेम्स कार्की र ओजस्वी थापाले पहल गर्दै तीनै नेताबीच पुनः संवादको वातावरण बनाएका थिए ।

सोमबार दिउँसो सुधन गुरुङकै पहलमा कुलमान कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालय पुगेका थिए । त्यहाँ रवि र बालेन्द्रसँग भएको छलफलपछि अन्ततः एकतामा सहमति जुटेको हो । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराईका अनुसार जेन–जी समूहले सहमतिमा निर्णायक भूमिका खेलेको थियो ।

सहमतिपछि मेयर बालेन्द्र शाहले जेन–जी अगुवा रिजन राना मगरसँग संक्षिप्त संवाद गर्दै जेन–जीको भावनाअनुसार समाधान खोजिएको बताए । जेन–जी पक्षले पनि सहमतिप्रति खुसी व्यक्त गर्दै रास्वपाको शीर्ष नेतृत्वसँग आन्दोलनको ‘म्यान्डेट’ पालना गर्ने गरी अलग्गै लिखित समझदारीको तयारी थालेको छ ।

नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार जेन–जी आन्दोलनलाई पार्टीले औपचारिक रूपमा अपनत्व लिने विषयमा वार्ता अगाडि बढाइएको छ । ‘दुवै पक्षबाट वार्ता टोली बनाएर छलफल गर्ने सहमति भएको छ,’ उनले बताइन्, ‘उम्मेदवारीदेखि पार्टी संरचनासम्म जेन–जीको सुनिश्चित सहभागिता हाम्रो मुख्य एजेन्डा हो ।’

रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनको भावना र बलिदानलाई गम्भीरतापूर्वक आत्मसात् गरिएको बताएका छन् । आन्दोलनका क्रममा घाइते र सहिद भएकाहरूको त्याग खेर जान नदिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button