२१ पुष २०८२, सोमबार | Email:- [email protected] | [email protected]
निर्वाचन सार्न खोजिए देश दुर्घटनामा जान्छ : प्रचण्ड - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)English NewsNepal Rastra TVUncategorizedअन्तर्वार्ताकर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशप्रदेश १प्रवासप्राविधिक समाचारफिचरबिचारबिचित्रमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशविचार दृष्टिकोणसाहित्य/ सिर्जनासुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

निर्वाचन सार्न खोजिए देश दुर्घटनामा जान्छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्न सरकारलाई कडा चेतावनी दिएका छन्। यदि निर्वाचन सार्ने प्रयास गरिए आफूहरू चुप लागेर नबस्ने उनले स्पष्ट पारे।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले फेरि चुनाव सार्न खोजिए संविधान मिचिने दाबी गरे। उनले देशलाई संकटबाट मुक्त गराउने उद्देश्यले आफ्नो पार्टीले शक्ति एकीकृत गरेको उल्लेख गर्दै सहज र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए।

“हामीले भनेका छौं—निर्वाचन सहज ढंगले सम्पन्न होस्। सरकारलाई स्पष्ट भन्न चाहन्छौं, कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला,” उनले भने।

प्रचण्डले यसअघि पनि केही हदसम्म संविधान मिचिएको भए तापनि देशको असहज अवस्थालाई मध्यनजर गर्दै आफूहरूले चुपचाप सहयोग गरेको बताए। देशलाई संकटबाट जोगाउन अन्तरिम सरकार गठनमा समेत पहल गरिएको उनको भनाइ थियो।

“पहिले पनि एकपटक संविधान केही हदसम्म मिचिइसकेको छ। त्यसबेला हामीले देशको अवस्थालाई बुझेर सहयोग गर्‍यौं। तर यदि यो सरकारले फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने त्यो फेरि संविधान मिच्नु हुनेछ,” उनले भने, “त्यस्तो भयो भने हामी चुप लागेर बस्ने छैनौं।”

उनले केही अहंकारी र दम्भी प्रवृत्तिहरूले धम्कीको भाषा प्रयोग गरिरहेको आरोपसमेत लगाए। आफू भने धम्कीको भाषा प्रयोग गर्न नचाहेको भन्दै शान्तिपूर्ण तरिकाले निर्वाचन हुनुपर्नेमा जोड दिए।

प्रचण्डले ६ महिना वा एक वर्षसम्म निर्वाचन सार्ने हल्ला पनि सुनिएको बताए। “यदि सरकारले ६ महिना वा एक वर्ष समय थप्ने काम गर्‍यो भने देश फेरि दुर्घटनामा पर्छ,” उनले चेतावनी दिए, “तर अबको दुर्घटनाको बेला नेपाली कम्युनिस्ट पार्टी रमिते भएर बस्ने छैन।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button