१५ असार २०८२, आईतवार | Email:- [email protected] | [email protected]
भाेक्राहा नरसिंहमा सडक कालोपत्रे कार्य सुरु — समावेशी सहभागितामा प्रगति - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रदेश १प्राविधिक समाचारफिचरसूचना / प्रबिधिस्थानीय तह

भाेक्राहा नरसिंहमा सडक कालोपत्रे कार्य सुरु — समावेशी सहभागितामा प्रगति

सुनसरी — भाेक्राहा नरसिंह गाउँपालिकाले स्थानीय सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट अन्तर्गत विभिन्न सडकहरू कालोपत्रे गर्ने योजना अघि बढाएको छ। यही योजनाअनुसार चिरौलीदेखि प्रकाशपुर नहर सडक खण्ड अन्तर्गत पर्ने जामिया इस्लामिया मदरसा, वडा नं. ४ देखि डोमि शर्माको घर, वडा नं. १ सम्मको सडकखण्डमा कालोपत्रे कार्य सुरु गरिएको छ।

     

आज बिहान ७ बजे अकाहा स्कुल अगाडिबाट औपचारिक रूपमा कालोपत्रे कार्यको सुरुवात गरिएको हो। उक्त कार्यको सुरुवात उपभोक्ता समितिका प्रतिनिधिहरू, समाजसेवी, विभिन्न राजनीतिक दलका नेताहरू, बुद्धिजीवी, जनप्रतिनिधि, सरोकारवाला निकायहरू तथा प्राविधिकहरूको सक्रिय सहभागितामा गरिएको हो।

यस आयोजनामा वडा नं. १, २ र ४ लाई समेटिएको छ, जसले स्थानीय आवागमनमा सहजता ल्याउने, धुलो र हिलोको समस्या अन्त्य गर्ने तथा आर्थिक र सामाजिक विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

भोक्राहा नर्सिङ गाउँपालिकाले पारदर्शिता, गुणस्तर र समावेशी विकासको दृष्टिकोण अनुरूप कार्य अघि बढाएको बताइएको छ। जनसहभागिताका साथ सुरु गरिएको यो आयोजना समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ।

उक्त आयोजना मोरङ/खाम्पाचे जेभी काठमाडौंद्वारा ठेक्का लिइएको हो, जसको अनुमानित लागत रु. ६ करोड २९ लाख ६१ हजार ३२५ रुपैयाँ २० पैसा (भ्याट बाहेक) रहेको छ।

योजना कार्यान्वयनलाई चुस्त, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाका योजना शाखा प्रमुख प्रभुनारायण यादव, प्राविधिक अशोक साह, प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद स्वयं समेत नियमित रूपमा अनुगमनमा खटिएका छन्।

           

अध्यक्ष आजादले विकासका कार्यहरू पारदर्शी, गुणस्तरीय र जनउत्तरदायी बनाउने प्रतिवद्धता जनाउँदै भन्नुभयो, “समृद्ध भोक्राहा नर्सिङ निर्माण हाम्रो साझा लक्ष्य हो। जनसहभागिता र स्थानीय स्तरमै योजना बनाउने र कार्यान्वयन गर्ने प्रक्रियाबाट हामी दिगो विकासतर्फ अघि बढिरहेका छौं।”

स्थानीयवासीहरूले लामो समयदेखि यो सडक स्तरोन्नतिको माग गर्दै आएका थिए, र अब काम सुरु भएको देख्दा उनीहरूमा उत्साह देखिएको छ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत स्थानीय समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ र किसानहरूलाई समेत सडक निर्माणको स्थलगत अनुगमन गर्न आग्रह गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button