२३ चैत्र २०८१, आईतवार | Email:- info@robn1.com | marketing@robn1.com
सुनसरी जिल्ला अस्पतालमा सेवा सुधार, तर अझै चुनौती कायम - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रदेश १प्राविधिक समाचारफिचरबिचारसूचना / प्रबिधिस्थानीय तहस्वास्थ्य

सुनसरी जिल्ला अस्पतालमा सेवा सुधार, तर अझै चुनौती कायम

इनरुवा – पछिल्ला केही वर्षयता सुनसरी जिल्ला अस्पताल, इनरुवाको सेवा सुधार हुँदै गएको छ। यद्यपि, कर्मचारी अभाव र दक्ष जनशक्तिको कमीका कारण केही समस्या कायमै छन्। अस्पताल प्रशासन, व्यवस्थापन समिति तथा सरोकारवालाहरूको पहलले सेवा प्रवाहमा सकारात्मक परिवर्तन आएको छ।

अस्पतालमा आर्थिक रूपमा कमजोर नागरिकहरूको उपचार सहज बनाउँदै अव्यवस्थित सेवा प्रणाली सुधारको प्रयास भइरहेको छ।

बिमा कार्यक्रम प्रभावित, सेवा प्रवाह जारी

विगत आठ महिनादेखि बीमा रकम नआउँदा स्वास्थ्य बीमा कार्यक्रम प्रभावित हुनसक्ने भए पनि आन्तरिक व्यवस्थापनका कारण सेवा प्रवाहमा ठूलो असर परेको छैन। अतिरिक्त समय लगाएर ओपीडी सेवा सञ्चालन गरिएको छ, जसले विशेषज्ञ सेवामा सुधार ल्याएको छ।

तर, अस्पताल सुधार संघर्ष समितिले अनावश्यक कर्मचारी नहटाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। अस्पतालले आर्थिक अभावका बाबजुद सेवा निरन्तर जारी राखेको छ।

जनशक्ति अभावका बीच सेवा विस्तार

  • ल्याबमा आवश्यक ७–९ जनाको सट्टा ३ जना कर्मचारी मात्र छन्, तर २४-घण्टे सेवा जारी छ।

  • मेडिकल अफिसर ३० जना आवश्यक भए पनि हाल १७ जना मात्र कार्यरत छन्।

  • ५० शय्याको अस्पताल भए पनि हाल ७० शय्याको सेवा सञ्चालन गरिएको छ।

बिरामीको चाप दोब्बर

अस्पतालमा पहिले दैनिक ३००–३५० बिरामी आउने गरेकोमा हाल यो संख्या ६०० भन्दा बढी पुगेको अस्पतालका प्रमुख डा. अभिताभ ठाकुरले जानकारी दिएका छन्।

अस्पताल प्रशासनले स्रोतसाधन र जनशक्ति अभावका बाबजुद सेवा सुधारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button