रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
बराहक्षेत्र १० मा १५ औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रक्त संकलन
सिताराम चन्द्रवंशी (समीर) बराहक्षेत्र १० प्रकासपुर , सुनसरीको बराहक्षेत्र १० मदन आश्रित चौतरो प्रकासपुर बजारमा १५ औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रक्त संकलन गरेको छ । रक्तसन्चार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी ,सुनसरी द्वारा रक्त संकलन ले ५५ प्रिन्ट रक्त संकलन गरेको हो । यस सहकारीको प्रत्येक स्थापन दिवस को उपलक्ष्यमा सरसफाइ , रक्तदान ,स्वास्थ सिविर जस्ता अन्य सामाजिक कार्यमा निरन्तरता दिदै आइरहेको र भावी दिनहरुमा पनि सामाजिक कार्यमा र सामाजिक र सार्वजनिक सेवामा निरंतरता दिने कुरामा सदैव तत्पर रहिरहने भनी पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी ले बताउनु भयो ।
रक्तदान कार्यक्रममा सभापतिको रूपमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगर प्रमुख रमेश कार्की रहनु भएको थियो । बिशिस्ट अतिथिको रूपमा बराहक्षेत्र नगरपालिका१०का वडा अध्यक्ष तेज बहादुर गुरुङ रहनु भएको थियो । भने अतिथिहरुमा नवदुर्गा हस्पिटल प्रा.लि का बाट आकाश न्याैपाने , प्रकाश माध्यमिक विद्यालयका प्रध्यानध्यापक चुडामणी खनाल , रामधुनी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष गणेश कुमार पौडेल ,धराहरा कृषि सहकारी संस्था का अध्यक्ष केशब राई , स्थानीय प्रहरी चौकि प्रकासपुरबाट कृष्ण कुमार श्रेष्ठ ,सरस्वती महिला बचत सहकारी प्रतिनिधि , महिला बहुउद्देश्य सहकारी प्रतिनिधि , नेपाल रेडक्रस सोसाइटी बाट प्रविधिको रूपमा सुरेन्द्रप्रसाद शाह , सोमनाथ भन्डारि र रामनारायण पन्डित लगाएत पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितीका पद अधिकारिहरु , स्थानीय समाजसेवि , पत्रकार, बौद्धिक एवं बौद्धिक ब्यक्तीहरुको उपस्थितिमा यस संस्थाका सचिब रुपनारायण दाहालले औपचारिक रूपमा रक्तदान कार्यक्रम संचालन गर्नु भएको थियो ।साथै यस संस्थाको १५ औं वर्षिक दिवस प्रमुख अतिथि द्वारा केक काटेर रक्तदान कार्यक्रम उद्घाटन गर्नु भएको हो ।
स्थापना दिवसको उपलक्ष्यमा गरिएको रक्तदान कार्यक्रममा साथ र सहयोग गरिदिनु हुने पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पुर्ण सेयर सदस्य ,संन्चालक समिति ,शिक्षा समिति ,उपसमिति र स्थानीय सेवाग्राही सुभचिन्तकहरु प्रती पिपलबोटे बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिले धन्यवाद ज्ञपन समेत प्रदान गरेका थिए ।