९ कार्तिक २०८१, शुक्रबार | Email:- [email protected] | [email protected]
राष्ट्रपति पौडेललाई निमन्त्रणा - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)

राष्ट्रपति पौडेललाई निमन्त्रणा

चतराधाममा लाग्ने पूर्ण कुम्भका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा

सुरेन्द्र कुशवाहा, सुनसरी । नेपालको एक मात्र कुम्भ मेला स्थलको रूपमा रहेको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा चैत्र २७ गते १ महिनासम्म आयोजना हुने वाह्रबर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको उद्घाटन गर्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिएको छ।
नगर प्रमुख तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह–अध्यक्ष रमेश कार्कीले काठमाडौँ स्थित राष्ट्रपति भवन शीतल निवासमा पुगेर सम्माननीय राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र दिएर कुम्भ महोत्सव उद्घाटनका लागि निमन्त्रणा गरेका हुन ।
राष्ट्रको गौरव र नेपालीको सानको रूपमा रहेको चतराधाममा यस अगाडि सम्पन्न भएका महाकुम्भ महोत्सवमा सरकार प्रमुख, राष्ट्र प्रमुखबाट उद्घाटन भएको र आगमि चैत्र २७ देखि वैशाख २८ गतेसम्म आयोजना हुने वाह्रबर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको उद्घाटनका लागि सम्माननीय राष्ट्रपति ज्युलाई निमन्त्रणा गरिएको नगर प्रमुख तथा वाह्रबर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह–अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपतिज्यूले महाकुम्भ महोत्सवमा आउने कुरालाई सकारात्मक रूपमा लिनु भएको छ ।
यस अगाडि आयोजना भएका कुम्भ मेलामा पनि उहाँको आगमन भइसकेको र कुम्भ मेलाको बारेमा ज्ञान भएकाले उद्घाटन कार्यक्रममा आउने सम्भावना धेरै रहेको छ ।
राष्ट्रपति कार्यालयमा नगर प्रमुख वाह्रबर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह–अध्यक्ष रमेश कार्की सहित नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, बिपी आधारभूत विद्यालयका प्रअ गोकुल गुरागाईँ, सह–प्राध्यापक दिवस बिस्टको उपस्थिति रहेको थियो ।
चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितियासम्म १ महिना आयोजना हुने वाह्रबर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेलालाई सफल बनाउन स्थानीय सरकार लागि परेको र यसका लागि प्रदेश, संघीय सरकार तथा सरोकारवाला निकायहरूसँग समन्वय राखेको नगर प्रमुख तथा वाह्रबर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह–अध्यक्ष रमेश कार्कीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button