सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा ..
नेपाल-भारतको सीमा जोडिने सुनसरी जिल्लाको मुख्य नाका कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको तिनकुनेमा राष्ट्रिय झण्डा फहराइएको छ । कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको तिनकुने नाकामा सुनसरीका प्रमुख जिल्ला अध्यक्ष जयनारायण आचार्यको विशेष पहलकदमीमा कोशी गाउँपालीकाको सहयोगमा निर्माण गरिएको राष्ट्रिय झण्डा शुक्रबार फहराइएको हो ।
कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी,नेपाली कांग्रेस सुनसरी सचिव बिरेन्द्र साह,कोशी अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादव, सुनसरी प्रहरी प्रमुख,सशस्त्र प्रहरी प्रमुख,सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख लगायतको उपस्थितिमा प्रजिअ आचार्यले राष्ट्रिय झण्डा फहराएका हुन्।राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रविम्बित गर्ने भएकोले आवश्यकता अनुसार निर्माण गरिएको बताउदै प्रजिअ आचार्यले सीमा नाकामा देखिएका समस्या समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीय रहेको बताए । प्रजिअका रूपमा आएपछि उनको नेतृत्वको टोलिले सीमा नाकाको अवस्था बुझ्दै समस्या पहिचान गर्न पैदल यात्रा गरेका थिए । आगामी दिनमा पनि आवश्यकता अनुसार अन्य सीमा नाकामा पनि नेपाली राष्ट्रिय झण्डा राखिने सुनसरी प्रशासनले जनाएको छ । सोही अवसरमा बोल्दै कोशी अध्यक्ष ऐयुब अन्सारीले सीमामा तैनाथ सुरक्षाकर्मीले निकै चुनौतीका बाबजुद चुस्त दुरुस्त तवरबाट सुरक्षा दिदै आएको बताउदै आफू निर्वाचित भएदेखि सुरक्षाकर्मीको ब्यारेक भवन निर्माण गर्नेदेखि अन्य आवश्यकता अनुसारको सहयोग गर्दै आएको बताए ।