२८ फाल्गुन २०८२, बिहीबार | Email:- [email protected] | [email protected]
मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका सईको मृत्यु - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रदेश १सुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तहस्वास्थ्य

मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका सईको मृत्यु

विराटनगर : विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी बुधबार बिहान नेपाल प्रहरीका एक सई (प्रहरी नायव निरीक्षक) को मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र, रानी विराटनगरमा कार्यरत ४० वर्षीय सई मीनबहादुर बोहोराको दुर्घटनामा मृत्यु भएको हो। हिरासत व्यवस्थापन शाखा, झापा दरबन्दी भई तालिम केन्द्रमा कार्यरत बोहोराले चलाएको मोटरसाइकल विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा बिहान करिब ७:३५ बजे दुर्घटनामा परेको थियो।

प्रहरीका अनुसार राजवंशी चोकबाट भित्री सडक हुँदै नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहोरालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९ बजेतिर उनको मृत्यु भएको डीएसपी लामिछानेले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन्। मध्यम अवस्थाका उनको नोबेल अस्पतालमै उपचार भइरहेको छ। घाइते बस्नेत मृतक बोहोराका आफन्त हुन सक्ने प्रहरीको अनुमान छ।

दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली खटाइएको डीएसपी लामिछानेले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button