कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको छ। आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन्। विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सर्वसम्मत रूपमा सभापति चयन भएका हुन्।
नयाँ कार्यसमितिमा दुई उपसभापतिका रूपमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन्। त्यस्तै, महामन्त्री पदमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका छन्। सह–महामन्त्री पदमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ।
महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त चयन भएकी छन्। दलिततर्फ प्रकाश रसाइली स्नेही, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा, खस–आर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा सह–महामन्त्री बनेका छन्।
केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन्। खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुन नरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धु्रव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाईं, डा. केदार नरसिंह केसी, विदुर बस्नेत, तीर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह रहेका छन्।
महिला खुलातर्फ चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिलकुमारी राई केन्द्रीय सदस्य बनेका छन्।
प्रदेशगत प्रतिनिधित्वअनुसार कोशी प्रदेशबाट महिला सदस्यमा सारदा देवी कोइराला तथा खुलामा हिमालय कर्माचार्य र अग्नि पौडेल चयन भएका छन्। मधेश प्रदेशबाट महिला सदस्यमा मधु शाही तथा खुलामा रामानन्द यादव र बजरंग नेपाली छन्। बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जितनारायण श्रेष्ठ र रमेश धमाला चयन भएका छन्।
गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णुदेवी पाण्डे तथा खुलामा रेशम बानियाँ र कृष्ण केसी छन्। लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्रा कुमारी अर्याल तथा खुलामा केशव आचार्य र रामबहादुर कार्की चयन भएका छन्। कर्णाली प्रदेशबाट महिला सदस्यमा रामदेवी खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई छन्। सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट चयन भएका छन्।
अपाङ्गता भएका खुलातर्फ प्रकाश पन्थ र अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाईं केन्द्रीय सदस्य बनेका छन्। दलित महिला कोटाबाट सिता मिजार, छायाँ सुनार, गंगा सुनार र लिला नेपाली चयन भएका छन् भने दलित खुलातर्फ मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बी.के. र दिनेश सुनार छन्।
आदिवासी जनजाति महिलातर्फ सपनाराज भण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा चयन भएका छन्। आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अस्तकुमार कबे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रिस, नरेन्द्र केरुङ र दीपेन श्रेष्ठ रहेका छन्।
खस–आर्य महिला कोटाबाट उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन भएका छन्। खस–आर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल छन्।
मधेशी महिला कोटाबाट अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी र निलम साह चयन भएका छन्। मधेशी खुलातर्फ रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरूपप्रसाद रहेका छन्।
मुस्लिम महिला कोटाबाट सनम बेगम तथा मुस्लिम खुलातर्फ अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन्। थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य बनेका छन्। पिछडिएको क्षेत्र खुलातर्फ दीपकजंग शाह चयन भएका छन्।
यसअघि शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले गगन थापासहित तीन नेतालाई निष्काशन गर्ने निर्णय गरेको थियो। तर विशेष महाधिवेशनले उक्त निर्णय खारेज गरेसँगै कांग्रेसभित्र नेतृत्व र आधिकारिकतासम्बन्धी विवाद सतहमा आएको देखिएको छ।





