२१ पुष २०८२, सोमबार | Email:- [email protected] | [email protected]
रास्वपाको समानुपातिक सूचीबाट उम्मेदवारी फिर्ता लिने संख्या ६ पुग्यो, डा. अरनिको पाँडे पनि पछि हटे - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशपर्यटनप्रदेश १प्राविधिक समाचारफिचरबिचारमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशविचार दृष्टिकोणसुदूरपश्चिम प्रदेशसूचना / प्रबिधिस्थानीय तह

रास्वपाको समानुपातिक सूचीबाट उम्मेदवारी फिर्ता लिने संख्या ६ पुग्यो, डा. अरनिको पाँडे पनि पछि हटे

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश डा. अरनिको पाँडेले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेको संख्या ६ पुगेको छ।

यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका थिए।

डा. पाँडेले पछिल्लो राजनीतिक परिस्थितिमा आफू समानुपातिक बन्दसूचीमा रहिरहनु उपयुक्त नदेखिएको बताएका छन्। उनले हिजो राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा आफ्नो नाम बन्दसूचीबाट हटाउने निर्णयबारे जानकारी गराएको जनाएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, “पछिल्लो समय विकसित राजनीतिक अवस्थालाई ध्यानमा राख्दै विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहनु उपयुक्त नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button