३० चैत्र २०८१, आईतवार | Email:- [email protected] | [email protected]
पर्यटन वर्ष २०८२ सफल बनाउन भारत-नेपाल सहकार्यको प्रतिबद्धता : लोकसभा सदस्य रामप्रित मण्डल - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारदेशपर्यटनप्रदेश १प्रवासप्राविधिक समाचारफिचरबिचारमुख्य समाचारविचार दृष्टिकोणसफलताको कथासाहित्य/ सिर्जनासूचना / प्रबिधिस्थानीय तह

पर्यटन वर्ष २०८२ सफल बनाउन भारत-नेपाल सहकार्यको प्रतिबद्धता : लोकसभा सदस्य रामप्रित मण्डल

रामधुनी, सुनसरी — कोशी प्रदेश सरकारद्वारा घोषित पर्यटन वर्ष २०८२ लाई सफल बनाउने उद्देश्यले भारत-नेपालबीच आपसी सहकार्य र समन्वय अत्यन्त आवश्यक रहेको विचार भारतका लोकसभा सदस्य माननीय रामप्रित मण्डलले व्यक्त गर्नुभएको छ।

कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विशेष निमन्त्रणामा नेपाल भ्रमणमा रहेका सांसद मण्डल आज मन्त्री सदानन्द मण्डलको नेतृत्वमा सुनसरीका ऐतिहासिक तथा धार्मिक स्थलहरू — बराहक्षेत्र मन्दिर, रामधुनी लगायतका क्षेत्रहरूको भ्रमणमा सहभागी हुनुभयो।

दर्शनपछि मन्त्री मण्डलले आफ्नै कार्यकक्षमा सांसद मण्डललाई नेपाली पहिचान र सद्भावको प्रतीक स्वरूप ढाका टोपी, दौरा सुरुवाललगायतको पोशाक लगाइ सम्मानपूर्वक विदाई गर्नुभयो।

भ्रमणको क्रममा मन्त्री र सांसदबीच पर्यटन वर्ष २०८२ अन्तर्गत गरिने कार्यक्रम, भारत-नेपाल धार्मिक पर्यटन प्रवर्द्धन, सीमावर्ती क्षेत्रका साझा पर्यटन परियोजनामा सहकार्य, साथै दुई देशबीच सांस्कृतिक आदानप्रदानलाई सुदृढ गर्ने विषयमा गहन छलफल भएको थियो।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरे, सचिवालयका अन्य कर्मचारी, विभिन्न प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button