८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
बाल दिवसको अवसरमा संघर्ष एजुकेशनल इन्स्टिच्युट प्रा. लि. इनरुवा ४, सुनसरी द्वारा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)ताजा समाचारप्रदेश १बिचारमनोरञ्जनविचार दृष्टिकोणशिक्षासूचना / प्रबिधिस्थानीय तह

बाल दिवसको अवसरमा संघर्ष एजुकेशनल इन्स्टिच्युट प्रा. लि. इनरुवा ४, सुनसरी द्वारा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

राजकुमार मेहता / भोक्राहा नरसिंह आज मिति २०८१/०५/२९ गते, शनिवारका दिन, बाल दिवसको अवसरमा संघर्ष एजुकेशनल इन्स्टिच्युट प्रा. लि. इनरुवा ४, सुनसरी द्वारा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइयो।

बाल दिवसको मनाउनको लागि कार्यक्रममा सभापति नईम अन्सारी हुनुहुन्थ्यो भने प्रमुख अतिथि कोशी प्रदेशका संसद क्षेत्र नं. 4 (ख) का माननीय डा. हाजी इसराइल मन्सुरी हुनुहुन्थ्यो। कार्यक्रम प्रस्तोता भवानी शाह र दुर्गा प्रसाद भट्टराई हुनुहुन्थ्यो। कार्यक्रममा उद्घाटन पानसमा बत्ती बालेर गरियो।

कार्यक्रममा विभिन्न जातीय र राष्ट्रिय पोशाकका प्रस्तुतिहरू भएका थिए। विभिन्न जातीय र राष्ट्रिय पोशाकका साथमा सांस्कृतिक पर्वहरूको बारेमा पनि जानकारी गराइएको थियो। सांस्कृतिक झाँकीको प्रदर्शनको क्रममा क्षेत्री ब्राह्मणले मनाउने जनै पूर्णिमा, थारु र राष्ट्रिय पोशाकको जितिया पर्व, उराँवहरूको कर्मा धर्मा र मुस्लिमहरूको इद पर्वको महत्वको बारेमा विद्यार्थी भाइबहिनीहरूले जानकारी गराए।

           

विभिन्न नृत्य र गायन गर्दै रमाइलो गरेका विद्यार्थी भाइबहिनीहरूले प्रमुख अतिथि र विशिष्ट अतिथिलाई मन्तव्य दिने अवसर प्रदान गरेपछि मायाको चिनो वितरण गरियो र पहिलो चरणको कार्यक्रम समापन गरियो।

दोस्रो चरणको कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले विभिन्न गायन र नृत्य प्रस्तुत गरे। विद्यार्थीहरुलाई नास्ता वितरण गरेपछि कार्यक्रम समापन गरियो।

यसै इन्स्टिच्युटमा रहेका सबै विद्यार्थी भाइबहिनीहरूको भविष्यप्रति आशा राखिन्छ र यस इन्स्टिच्युटको विश्वास सबैले गर्छन्। त्यसैले भन्छौं, अन्य इन्स्टिच्युट न खोजौं, संघर्ष एजुकेशनल इन्स्टिच्युटलाई नै रोजौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button