८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
पाँचथर विस्फोटन : घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई ५ लाख दिने सरकारको निर्णय - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रदेश १प्राविधिक समाचारमुख्य समाचारविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तहस्वास्थ्य

पाँचथर विस्फोटन : घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई ५ लाख दिने सरकारको निर्णय

पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका ५ मा भदौ मा भएको विस्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो ।

विस्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए ।

कीर्तिपुरस्थित वर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।

केही दिन अघि मन्त्री पौडेलले अस्पतालमा गएर उपचाररत बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा सरकारले सघाउने प्रतिबद्धता परिवारसमक्ष जनाएका थिए ।

त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button