आर्थिक बर्ष २०२३ को ३ महिनामा ७५७ नेपालीलाई डाइभर्सिटी भिसा
आर्थिक बर्ष २०२३ को पछिल्लो ३ महिनामा ७५७ नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जनानेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फेबु्रअरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।
डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । जनवरीमा ३३२जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फेबु्रअरीमा यो संख्या केही कम देखिएको छ । फेबु्रअरीमा २८७ जना नेपालीहरुलेमात्रडाइभर्सिटी भिसा पाएका छन् । भिसा बुलेटिन अनुशार मे महिनाका लागि १७ हजार ७ सय ७५ सम्म केस नम्बर हुने नेपालीकोडाइभर्सिटी भिसा करेन्ट भएको छ । अप्रिलका लागि १२ हजार ६ सय सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट भएको छ। मार्चका लागि यो नम्बर ८ हजार २५ रहेको थियो ।
जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको थियो । डिसेम्बरका लागि भनेनेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको थियो । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसापाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो ।
डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर रनोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन ।
चालु आर्थिक बर्षका डिभी विजेताहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् । आर्थिक बर्ष २०२३ का डिभी विजेतानेपालीहरुको संख्या ३८०८ रहेको छ ।
डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभीलोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन्भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।