चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश, अमेरिकाका विभिन्न राज्यमा तय भएको प्रदर्शन पनि स्थगित
उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउनआदेश दिएको हो ।
चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि नाम हटाएपछिकेशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अदालत पुगेका हुन् । उक्त विवादमा दुवै पक्षलाईछलफलका लागि यही चैत २६ गते बोलाइएको छ ।
यसैबीच अदालतको आदेशपछि अमेरिकामा पनि प्रदर्शनको तयारी गरिएको चलचित्रको प्रदर्शन प्रभावित भएको छ । अमेरिकाकोधेरैवटा राज्यमा हल बुकिंग भैसकेको तथा चलचित्र प्रदर्शनको चाँजोपाँजो मिलाइसकिएको अवस्थामा यस प्रकारको निर्णयले गम्भीरधक्का पुगेको अमेरिका वितरक सुरेश दर्पण पोखरेल र मंजील श्रेष्ठले जनाएका छन् ।
अदालतको निर्णयलाई स्वीकार्दै उनीहरुले सम्पूर्ण स्थानीय आयोजक साथीहरु लगायत हल संचालकसँग हालका लागि चलचित्रकोप्रदर्शन स्थगित गराउन अनुरोध गरेका छन् । नेपालमा भएको मुद्दा किनारा लाग्नासाथ यथाशीघ्र अमेरिकाभर ‘प्रसाद २’ प्रदर्शन गरिनेपोखरेल र श्रेष्ठले जनाएका छन् ।