२१ माघ २०८२, मंगलवार | Email:- [email protected] | [email protected]
निर्वाचन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारको कडाइ, निगरानी थपिने - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशपर्यटनप्रदेश १प्राविधिक समाचारबिचारबिचित्रमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशविचार दृष्टिकोणसाहित्य/ सिर्जनासुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधस्थानीय तह

निर्वाचन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारको कडाइ, निगरानी थपिने

काठमाडौँ – सरकारले निर्वाचनका क्रममा सामाजिक सञ्जालको माध्यमबाट हुन सक्ने दुरुपयोगका घटनालाई नियन्त्रण गर्न निगरानी प्रणाली थप कडा बनाउने निर्णय गरेको छ।

आसन्न निर्वाचनलाई लक्षित सुरक्षा रणनीतिको एक अङ्गका रूपमा गैरकानुनी गतिविधि देखिएमा कडाइका साथ कारबाही गर्ने सरकारको तयारी रहेको छ। यससम्बन्धी निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको नियमित बैठकले गरेको हो।

बैठकमा सुरक्षा निकायका अधिकारीहरूले निर्वाचन अवधिभर सामाजिक सञ्जालको दुरुपयोग बढ्न सक्ने सम्भावनाबारे विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी, बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पहिले नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार सम्बन्धित निकायहरूले गरिरहेका कार्य, जनशक्ति परिचालन तथा सुरक्षा बन्दोबस्तीका योजनाको विस्तृत समीक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button