२ माघ २०८२, बिहीबार | Email:- [email protected] | [email protected]
बैंक लुटपाट अनुसन्धानका क्रममा प्रहरीको अर्को सफलता, सिन्धुलीबाट ठूलो परिमाणमा अमेरिकी डलरसहित एक जना पक्राउ - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)Nepal Rastra TVफिचरसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

बैंक लुटपाट अनुसन्धानका क्रममा प्रहरीको अर्को सफलता, सिन्धुलीबाट ठूलो परिमाणमा अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणमा अमेरिकी डलरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार नेपाल एसबिआई बैंकमा भएको लुटपाटको घटनापछि त्यससँग सम्बन्धित रकम खोज्ने क्रममा सवारी साधनमा कडाइका साथ चेकजाँच गर्दा प्रहरीले यो सफलता हासिल गरेको हो ।

प्रहरीका अनुसार सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७ स्थित माथिल्लो बजार चेकपोष्टमा सवारी चेकजाँचका क्रममा ती व्यक्तिलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने व्यक्ति झापाको मेचीनगर नगरपालिका–३ निवासी अन्दाजी ३४ वर्षीय युवराज नेवार रहेका छन् । उनी काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोमा सवार थिए ।

नेवारको साथबाट ५७ हजार अमेरिकी डलर बरामद गरिएको छ, जसमा एक सय दरका ५ सय ७० थान नोट रहेका छन् । साथै, नेपाली रुपैयाँ एक हजार दरका १२ थान नोट अर्थात् १२ हजार रुपैयाँ पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ परेका नेवारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ । घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button