
काठमाडौँ, भदौ २५ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्म बन्द रहने भएको छ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार पछिल्लो समय उत्पन्न भएको असामान्य परिस्थितिका कारण विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो।
प्रवक्ता शर्पाले भन्नुभयो, “विमानस्थल आज बेलुकी ६ बजेसम्म बन्द रहनेछ।”
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै विमानस्थल वरपर र उडान–अवतरण मार्गका विभिन्न स्थानमा देखिएको बाक्लो धुँवा लगायतका कारणले जहाजको सुरक्षामा गम्भीर असर पर्ने भन्दै विमानस्थल बन्द गरिएको जानकारी दिएको थियो।