२५ असार २०८२, बुधबार | Email:- [email protected] | [email protected]
QR कोड प्रकरणमा मन्त्री मण्डलको सचिवालयको गम्भीर ध्यानाकर्षण - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारप्रदेश १बिचारराजनीतिविचार दृष्टिकोणसाहित्य/ सिर्जनासूचना / प्रबिधि

QR कोड प्रकरणमा मन्त्री मण्डलको सचिवालयको गम्भीर ध्यानाकर्षण

विराटनगर, असार २० । केही सञ्चारमाध्यममा प्रकाशित QR कोडसम्बन्धी समाचारप्रति कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सचिवालयका अनुसार, उक्त समाचारमा उल्लेख गरिएका कतिपय दाबीहरू एकपक्षीय, अपूर्ण तथा यथार्थतथ्यको आधारविना प्रकाशित भएका छन्। यस्ता समाचारले मन्त्रीज्यूको कार्यशैली, व्यक्तिगत छवि र राजनीतिक मर्यादामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सचिवालयले स्पष्टिकरण दिएको हो।

सचिवालयले मन्त्रीज्यू कुनै अनधिकृत लाभ लिने वा QR कोडमार्फत रकम संकलनजस्ता गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेको छ। साथै, कर्मचारी सरुवासम्बन्धी प्रक्रिया कानुनी र प्रशासनिक नियमअनुसार नै अगाडि बढाइएको जानकारी समेत दिएको छ।

त्यसैगरी, मन्त्री मण्डलले सधैं पारदर्शिता, सुशासन र जनहितलाई प्राथमिकतामा राख्दै आएको तथा उहाँको कार्यशैली पूर्ण रूपमा संवैधानिक मर्यादाभित्र सीमित रहेको सचिवालयले जनाएको छ।

सचिवालयले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारितामा आवश्यक पर्ने सत्य जानकारी संकलन, पुष्टि तथा सम्बन्धित पक्षको धारणा लिएर मात्र समाचार प्रकाशन गर्न अनुरोधसमेत गरेको छ।

अन्त्यमा, मन्त्रीज्यूले उपयुक्त समयमा सम्मानित प्रदेशसभामा आफ्ना धारणा सार्वजनिक रूपमा प्रस्तुत गर्ने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button