८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
भोक्राहा नरसिंह गाउँपालिकामा ३०औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न, मानर डिगा वितरण - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)देशप्रदेश १बिचारविचार दृष्टिकोणसफलताको कथास्थानीय तह

भोक्राहा नरसिंह गाउँपालिकामा ३०औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न, मानर डिगा वितरण

उराँव समुदायका २४ समूहलाई मानर डिगा वितरण, आदिवासी संस्कृतिको संरक्षणमा जोड

चुन चुन झा/भोक्राहा नरसिंह। सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा “३० औं विश्व आदिवासी दिवस २०८१” को अवसरमा भव्य कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा मानर डिगा वितरण कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कोशी प्रदेशसभा (क) का सदस्य माननीय सदानन्द मण्डलको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले गरेका थिए। उनले आफ्नो सम्बोधनमा आदिवासी समुदायको सांस्कृतिक संरक्षण र प्रवर्द्धनको महत्त्वमाथि प्रकाश पार्दै, गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख अतिथिका रूपमा उपस्थित संविधानसभा सदस्य माननीय श्री सुर्यदेव दास उराँवले आदिवासी समुदायको हक, अधिकार, र पहिचानलाई जोगाउन यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको बताए। उनले आदिवासी दिवसको महत्त्वबारे चर्चा गर्दै समुदायको एकता र पहिचानलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, कार्यापालिका सदस्यहरू, र राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा गाउँपालिका अन्तरगत रहेका उराँव समुदायका २४ समूहलाई १/१ सेट मानर डिगा वितरण गरिएको थियो, जसले आदिवासी समुदायको संस्कृतिलाई प्रोत्साहन र संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो कार्यक्रम गाउँपालिकाको सक्रियतामा सफलतापूर्वक सम्पन्न भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button