भोक्राहा नरसिहको १५औं गाउँसभा तथा अधिवेशन सम्पन्न
भोक्राहा नरसिहको १५औं गाउँसभा तथा अधिवेशन सम्पन्न
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा चालु आर्थिक वर्ष ०८०/०८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।
गाउँ सभामा आ.व. २०८०/०८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालु आर्थिक वर्ष ०८०/८१ को अहिलेसम्मको प्रगति विवरण राजस्व परामर्श तथा न्यायिक समितिको प्रतिवेदन गाउँपालिकाले प्रस्तुत गरेको थियो । प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाव राख्न गाउँसभाका सदस्यहरुलाई ३ मिनेटको समय उपलब्ध गराएर सबैको सर्वसम्मत रूपमा संसोधनहरु पारित गर्दै अधिवेशन सम्पन्न भएको हो ।
सभाले गाउँकार्यपालिकाले गरेका सम्पूर्ण निर्णयहरु, आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८०/०८१ मा गाउँकार्यपालिका बैठकले पारित गरेको गरेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिनुभयो ।
सभाको उद्घाटनमा २२ जना सेवा निवृत महिला स्वास्थ्य स्यवमसेविकाहरुलाई सम्मान गरेको थियो । त्यसैगरी सेवा निवृत कर्मचारी सुधिर दास सहित दुई जनालाई सम्मान सहित बिधाई गरिएको थियो ।
सभामा सभा सदस्य फुलकुमारी साह, वडा अध्यक्ष हारुन अंसारी, उपाध्यक्ष सुनिताकुमारी उराँव सहितले अधिवेशनका बारेमा बोल्नुभएको थियो । सभा गाउँपालिकाका अध्यक्ष अजलम अख्तर आजादको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्र कार्यक्रम संचालक तथा स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिनुभयो । सभाका अध्यक्षले अधिवेशन अन्त्य भएको पत्र सुनाउनु भएको थियो ।