२६ चैत्र २०८१, बुधबार | Email:- info@robn1.com | marketing@robn1.com
पूर्वी नेपालमा हल्का वर्षा हुने, उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)

पूर्वी नेपालमा हल्का वर्षा हुने, उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट विकसित भइ हाल भारतीय राज्य आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको पनि नेपालमा आंशिक प्रभाव रहेको छ।

आज (बुधबार) बिहानसम्म कोशी प्रदेश, मधेस प्रदेशका साथै देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बुधबार राति कोशी, मधेस ,बागमती  र गण्डकी  प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button