कोशी प्रदेश : मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुने
कोशी प्रदेश : मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुने
विराटनगर । कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार नै मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका सचिवालयको अनुसार मुखमन्त्री नियुक्ति र शपथ शुक्रबार साँझ ६ बजे हुने गरि समय तय भएको छ । सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा (३) को मुख्यमन्त्री नियुक्त गर्ने तयारी समेत रहेको सचिवालयले जनाएको छ ।
बिहीबार सर्वोच्च अदालतको पूणर् इजलासले उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गरेसँगै एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कार्कीले यसअघि पाँच महिना कोशी प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् ।
राजनीतिक सहयात्री दल नेकपा माओवादी केन्द्र र जसपाले साथ छोडेपछि अल्पमतमा परेको कार्की नेतृत्व्को सरकारले असार १५ मा प्रदेशसभाबाट विश्वासको मत नपाएपपिछ पदमुक्त भएका थिए ।