२० कार्तिक २०८३, बिहीबार | Email:- [email protected] | [email protected]
पेट्रोल र डिजेलको मूल्य बढ्यो, सिलिन्डर ग्यासको घट्यो - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

पेट्रोल र डिजेलको मूल्य बढ्यो, सिलिन्डर ग्यासको घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो । खानापकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय ३० रुपैयाँ घटाएको छ ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा एक सय ७०, दोस्रो वर्गमा एक सय ७२ र तेस्रो वर्गमा एक सय ७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा एक सय ५०, दोस्रोमा एक सय ५२ र तेस्रो वर्गमा एक सय ५३ रुपैयाँ कायम भएको छ ।

एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँमा झरेको छ ।

सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसारभारतबाट भाउ घटबढ भएर आउने बित्तिकै नेपालमा पनि घटबढ हुन्छ ।

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button