९ मंसिर २०८१, आईतवार | Email:- [email protected] | [email protected]
हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रवाग्मती प्रदेशसूचना / प्रबिधि

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

हेटौंडा सिमेन्ट उद्योगमा शुक्रबारदेखि सिमेन्ट उत्पादन बन्द भएको छ।

उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले उत्पादन बन्द गर्नुपरेको उद्योगव्यवस्थापनको महाशाखाले जनाएको छ। उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाईतत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए।

दुई साताभित्रै विदेशबाट गुणस्तरीय कोइला ल्याएर उत्पादन कार्य शुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए। उनकाअनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करीब आठ सय मेट्रिक टन कोइला रहेको छ। तर, पर्याप्त कोइला नहुँदासम्म क्लिङ्करउत्पादन गर्न समस्या आइपरेको उनको भनाइ छ।

महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरासिमेन्ट रहेको त्यसलाई काठमाडौं लगायत विभिन्न शहरमा खपतकोलागि तयारी अवस्थामा राखिएको जानकारी दिए।

उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको एक साताभित्रै मर्मतसम्भार गर्ने लक्ष्य रहेको उद्योगका नायबमहाप्रबन्धक कर्णले जानकारी दिए। करीब चार दशक पुरानो हेटौंडासिमेन्ट उद्योगबाट २०४३ मंसीर २६ गतेदेखि व्यावसायिकरूपमाउत्पादन शुरु गरिएको थियो।

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button