७ कार्तिक २०८१, बुधबार | Email:- [email protected] | [email protected]
चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानव अधिकार उल्लंघनको आरोप
Banner NewsBanner news (with photo)ताजा समाचार

चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानव अधिकार उल्लंघनको आरोप

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) माथि मानव अधिकार उल्लंघनको आरोप लागेको छ।

विशेष गरी सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सीसीपीमाथि लागेको छ।

हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’ मा सीसीपीको नीतिप्रति चिन्ता व्यक्त गर्दै लेखकद्वय एन्ड्रयू नाथन र एन्ड्रयू स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने चिनियाँ नीतिको सराहना गरेका छन्। यद्यपि उनीहरूले मानव अधिकार उल्लंघनलाई सम्बोधन गर्न प्रभावकारी नीति तर्जुमा नगरिएकामा चिन्ता व्यक्त गरेका छन्।

सीसीपीको विदेश नीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानव अधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन हुन नदिन अन्तर्राष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

उइघुर मुसमानलाई चरमपन्थी समूहको रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप, सन् २०१९ मा हङकङको स्वायत्तताका निम्ति लाखौं जनता सडकमा आउनुपरेको अवस्था, त्यसपछि थालिएको सुरक्षा कारबाही र राष्ट्रिय सुरक्षा कानून कार्यान्वयनलगायत विषय पुस्तकमा समेटिएका छन्।

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button