७ कार्तिक २०८१, बुधबार | Email:- [email protected] | [email protected]
उपत्यकामा अझै केही दिन तुँवालोको असर अझै कायमै
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिस्थानीय तहस्वास्थ्य

उपत्यकामा अझै केही दिन तुँवालोको असर अझै कायमै

वैशाख ०४, काठमाडौं । जल तथा मौसम विभागले उपत्यकामा अझै केही दिन तुँवालोको सम्भावना कायमै रहने जनाएको छ।

उपत्यकामा सोमबार बिहान हिजोको तुलनामा केही खुले पनि दिउँसो फेरि तुवाँलो बाक्लिने मौसमविद् रोजन लामिछानेले बताए। उनका अनुसार आज बिहान ‘भिजिबिलिटी’ तीन किलोमिटर रहेको छ।

यो आइतबारको तुलनामा १ किलोमिटर बढी खुलेको हो। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन्चट्याङ सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिए।

अन्य पहाडी भू–भागमा मौसम आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ। यस्तै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा भने हावा–हुरीको सम्भावना छ।

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button