२० कार्तिक २०८३, बिहीबार | Email:- [email protected] | [email protected]
सोलुखुम्बुमा एक अस्ट्रेलियन नागरिकको ज्यान गयो
Banner news (with photo)ताजा समाचारदेशपर्यटनबिचित्रमुख्य समाचार

सोलुखुम्बुमा एक अस्ट्रेलियन नागरिकको ज्यान गयो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियन नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २रात्माटेमा अस्ट्रेलियन नागरिक ६३ वर्षीय भ्यालेन्स फिलिप्स थोमसको सोमबार ज्यान गएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएकोछ ।

कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पुर्ण दाहालका अनुसार आईतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थलओर्लिएका थोमस त्यहाँबाट संखुवासभा जाने कार्यतालिका थियो । हिड्दै गर्दा एक्कासी उकालो बाटोमा ढलेका उनको उपचारकोक्रममा ज्यान गएको सई दाहालले बताए ।

थोमससहित ३ जना अस्ट्रेलियन नागरिक नेपाली गाईड योग्य बहादुुर कार्कीको नेतृत्वमालुक्लाबाट मेरापिक हुँदै संखुवासभाको तुम्लिङटार तर्फ अघि बढेका थिए । शवको कानुनी प्रकृया पुरा गरिएको छ भने उनको शव भोलीहेलिकप्टर मार्फत पोष्ट मार्टमका लागि काठमाण्डौँ लैजाने प्रहरीले जनाएको छ ।

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button