Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारराजनीतिस्थानीय तह
धितोपत्र बोर्डले हाल्यो जलविद्युत उद्यमी न्यौपानेविरुद्ध मुद्दा
चैत १०, चितवन। नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोपमा जलविद्युत उद्यमी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ ।
बोर्डले काठमाडौं जिल्ला अदालतमा न्यौपाने विरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।
रिडी पावर कम्पनीमा अध्यक्ष रहँदा न्यौपानेले ‘इन्साइडर ट्रेडिङ’ गरेको विषयमा आन्तरिक अनुसन्धान मार्फत् पत्ता लागेपछि बोर्डले मुद्दा हालेको हो ।
बोर्डले न्यौपानेलाई १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक हुन नपाउने, ३ करोड २३ लाख विगो र ७६ हजार जरिवाना हुनुपर्ने जिकीर मुद्दामा गरेको छ ।
बोर्डले हालेमा मुद्दामा कसूर साबित भए न्यौपानेलाई बिगो, जरिवाना र एक वर्षसम्म कैद सजाय हुनसक्छ ।