८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
स्ववियु निर्वाचन : १४ वर्षपछिको उत्साह - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशप्रदेश १प्राविधिक समाचारबिचारबिचित्रमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशसफलताको कथासाहित्य/ सिर्जनासुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

स्ववियु निर्वाचन : १४ वर्षपछिको उत्साह

चैत्र ०५, चितवन। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियाअन्तर्गत मतदान जारी छ । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखियता नियमित हुन सकेको थिएन ।

१४ वर्षपछि तोकिएको निर्वाचन प्रक्रियाअन्तर्गत आज भइरहेको मतदान प्रक्रियामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता छ ।  मतदानका लागि बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् ।

देशभरिका आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । केहि क्याम्पसमा भने आन्तरिक विवादका कारण मतदान प्रक्रिया रोकिएको छ ।

    

     

     

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

सरकारले विश्वविद्यालयमा क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

ps: internet

 

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button