११ आश्विन २०८३, आईतवार | Email:- [email protected] | [email protected]
विश्वकप क्रिकेट लिग २ : नेपालको विजयी सुरुआत - Routine Of Koshi Pradesh
Banner news (with photo)खेलकुदताजा समाचारमुख्य समाचार

विश्वकप क्रिकेट लिग २ : नेपालको विजयी सुरुआत

दुबई : कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आजदेखि सुरु भएको त्रिदेशीयएकदिवसीय शृंखलामा नेपालले विजयी सुरुआत गरेको छ। दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले ९ विकेटगुमाएर दुई सय तीन रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्यपूरा गर्दै शृंखलामा विजयी सुरुआत गरेको छ। नेपालका लागि अ‍ोपनर कुशल भुर्तेलले ६९ बलमा पाँच चौकासहित ५६ रनकोअर्धशतकीइ इनिङ खेले। यस्तै, आसिफ शेख ३९ बलमा पाँच चौकासहित ४४ रन बनाएर पेभेलियन फर्किँदा ज्ञानेन्द्र मल्ल चार तथाकप्तान रोहित पौडेल २० रन बनाएर आउट भए।

तर, चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले ५४ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। दीपेन्द्रसिंह१७ रन बनाएर पेभेलियन फर्किँदा आरिफ ६२ बलमा एक चौकासहित ३३ रन जोडेर आउट भए। कुशल मल्ल १२ र सोमपाल ५ रनमाअविजित रहे।

पीएनजीका कप्तान आसाद भालाले १० ओभरमा ३७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, नोमन भानुवा र सेसे बाउले एक–एकविकेट लिए।

पहिलो इनिङमा पीएनजीले ९ विकेट गुमाएर दुई सय तीन रनको योगफल तयार गर्यो।
पीएनजीका लागि चाड सोपरले ५३ बलमा दुई चौकासहित अविजित ३६ रनको अविजित इनिङ खेल्दा नोमान भानुवा १५ बलमा २५ रनबनाएर आउट भए। यसअघि कप्तान आसाड भाला ५३ बलमा चार चौकासहित ३६ रन जोडेर आउट हुँदा सेसे बाउ ५५ बलमा तीनचौकासहित ३१ रन बनाएर पेभेलियन फर्केका थिए।

त्यसबाहेक ओपनर किप्लिन डोरिगाले २९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

बलिङतर्फ नेपालका लागि गुल्शन झाले ९ ओभरमा २८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले दुई तथा सोमपालकामी, करण केसी र प्रतिश जिसीले एक–एक विकेट लिएका थिए।

एकदिवसीय मान्यता बचाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने दबाब छ। यस्तै, एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्ननेपाललाई बाँकी आठै खेलमा जित निकाल्नु पर्ने दबाब छ।

यो लिग २ को दोस्रो अन्तिम त्रिदेशीय शृंखला हो। नेपाल र पीएनजीसँगै घरेलु टिम यूएई सम्मिलित यो शृंखलामा नेपालले बिहीबारयूएईसँग खेल्ने छ। यस्तै, शुक्रबार पीएनजी र आगामी सोमबार यूएईसँग खेल्दै लिग २ अन्तर्गत अन्तिम भ्रमण टुङ्ग्याउने छ।

नेपालमा मार्च ९ देखि सुरु हुने शृंखलामा पनि नेपालसँगै पीएनजी र यूएई नै सहभागी हुनेछन्। स्कटल्यान्ड यसअघि नै च्याम्पियनबनिसकेको छ भने ओमान दोस्रो र नामिबिया तेस्रो स्थानमा छन्। यूएसए चौथो तथा यूएई पाँचौं स्थानमा छ। नेपाल पाँचौं तथा पीएनजीछैटौं स्थानमा छ।

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button