पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको छ। विमानस्थलमाइन्स्ट्रमेन्ट प्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू भएसँगै रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयारभएको हो।
विमानस्थलमा इन्स्ट्रमेन्ट प्लाइट रुल्स लागू भएसँगै रातिको समयमा पनि सहज रूपमा उडान र अवतरण गर्न सकिने भएको विमानस्थलप्रमुख विक्रम गौतमले जानकारी दिए।
यो प्रणालीबाट विमान अवतरण भइसकेको विमानस्थल प्रमुख गौतमले बताए। आइएफआर प्रणालीको यस अघि पोखरा अन्तर्राष्ट्रियविमानस्थलमा परीक्षण गरिएको थियो।
परीक्षणपछि बिहीबारदेखि पूर्ण रूपमा आइएफआर प्रणालीबाट जहाजले उडान र अवतरण सुरु भएको विमानस्थलका सूचना अधिकारीविष्णु अधिकारीले जानकारी दिए।
यो प्रणाली लागु हुनु अघिसम्म पोखरा विमानस्थलमा बिहान मौसमअनुसार ६ बजेदेखि दिउँसो ५:३० बजेसम्म मात्र उडान हुँदै आएकोमाअब भने १८ घण्टासम्म उडान हुने गरी विमानस्थल तयार भएको हो।
यो प्रणाली लागु भएसँगै बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा जहाज उडान भर्न सक्ने गरी तयारी अवस्थामा रहेकोविमानस्थलका प्रमुख गौतमले बताए।
१८ घण्टा नै सेवा दिन सक्ने अवस्था रहे पनि जहाज उडानको चाप कम भएकाले आवश्यक्ता अनुसार बढाउने गरी अहिलेलाई भने राति ९बजेसम्म उडान हुने विमानस्थलले जनाएको छ।
यो प्रणाली (आइएफआर) पूर्ण यान्त्रिक भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सहज र सुरक्षित रहनेप्राधिकरणले जनाएको छ।
यो सेवा सुरुसँगै रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार भए पनि अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्नेअझै एकीन भएको छैन।
केही दिन पहिले पोखरा आएका पर्यटनमन्त्री सुदन किराँतीले अन्तर्राष्ट्रिय उडान क्यालेन्डर हेरेर यही दिनदेखि हुन्छ भन्न अहिले नसकिनेबताएका थिए।
अन्तर्राष्ट्रिय हवाई सेवा सुरु गर्न भारत, चीन लगायत विभिन्न देशसँग कुटनीतिक पहल भने भइरहेको उनले बताएको उनले सुनाएकाथिए।
रात्रिकालीन उडानका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएसँगै बुद्ध एयरले (मार्च ९) फागुन २५ गतेदेखि रात्रिकालीन सेवासुरु गर्ने भएको छ।
बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोसीले रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने पनि जानकारी दिए।
बुद्धले पोखराबाट काठमाडौं, नेपालगञ्ज र भद्रपुरमा रात्रिकालीन उडान गर्ने गरी तयारी गरिरहेको जोसीले बताए।
अन्तर्राष्ट्रिय उडान छिटो सुरु गर : पोखरेली व्यवसायी
विमानस्थल सञ्चालनमा आएसँगै विदेश यात्राका लागि राजधानी काठमाण्डौ धाउनु पर्ने झन्झन हट्ने विश्वास गरेका पोखराका पर्यटनव्यवसायी र नागरिकहरुले विमानस्थल सञ्चालनमा आएको करिव दुई महिना भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान नभएकोमा चिन्ता व्यक्तगरेका छन्।
विमानस्थल सञ्चालन आइसकेको यतिका समय भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ भन्ने एकीन नहुनु अन्तर्राष्ट्रिय रूपमाकुटनीतिक पहलमा कम्जोरी रहेको व्यवसायीले बताएका छन्।
पोखराका उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भारतले हवाई रुट दिन किन रोकेको छ ? किनकञ्जुस्याइ गरेको छ सम्वदनशील हुनुपर्ने बताए।
विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार रहदासम्म पनि कुटनीतिक पहलबाट उडान सुरु गर्न ढिला गर्न नहुनेमा उनले जोड दिए।
भारत, चीन लगायत अन्य मुलुकसँग पनि कुटनीतिक पहल गरेर छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न उनले सम्वन्धित पक्षसँगअनुरोध गरे।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहल गरेर छिटो सञ्चालनमा ल्याउनुपर्नेमाजोड दिए।
विमानस्थल रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि पनि तयार भइसकेको अवस्थामा अव ढिला गर्न नहुने मेयर आचार्यलेबताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा विमानस्थल सबै हिसावले अन्तर्राष्ट्रिय उडानका लागि तयारीअवस्थामा रहेको बताए। अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकारले कुटनीतिक पहल गरिरहेको पनि उनले सुनाए।