Banner news (with photo)ताजा समाचारमुख्य समाचारसफलताको कथास्वास्थ्य
इसा अवार्ड ग्रहण गर्दै डा. रुइतले भने- यो समग्र नेपालीको गौरवको क्षण हो
फागुन ९, चितवन। वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले मंगलबार बहराइनमा इसा अवार्ड ग्रहण गरेका छन् ।
एक मिलियन डलर (करिब १३ करोड नेपाली रुपैयाँ) पुरस्कार रकम रहेको सो अवार्ड उनलाई बहराइनका राजा हमाद बिन इसा अल खालिफाले प्रदान गरेका थिए ।
अवार्ड कार्यक्रम बहराइनको मनामास्थित इसा कल्चरल सेन्टरमा आयोजना गरिएको थियो ।
अवार्ड ग्रहण गर्दै डा. रुइतले भने, “यो पुरस्कार मेरो लागि मात्र नभएर समग्र देशबासी तथा नेपालीहरुको लागि गर्वको क्षण हो । यो पुरस्कारले नेपाल तथा नेपालीको विश्वस्तरमा अझ इज्जत तथा सम्मान बढाएको महसुस गरेको छु ।”
बहराइन सरकारले प्रदान गर्ने सो अवार्ड मानवताको सेवाको लागि डा. रुइतको योगदानलाई कदर प्रदान गरिएको हो ।