अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारसफलताको कथासाहित्य/ सिर्जना
समय: शेयर बजारको कथा समेटिएको सर्ट फिल्म ‘समय’ युट्युबमा
माघ २३ , चितवन। शेयर बजारको कथा समेटिएको सर्ट फिल्म ‘स्टक’ युट्युबमा रिलिज भएको छ । स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले श्रीपञ्चमीको अवसरमा बिहीवार आफ्नो युट्युब च्यानल ‘स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल’मा फिल्म रिलिज गरेको हो ।
मिटिङ पोइन्ट प्रालिले निर्माण गरेको उक्त फिल्म रजिन महर्जनले निर्देशन गरेका हुन् । उक्त फिल्म ५१:१८ मिनेटको छ ।
विद्युतीय माध्यमबाट लगानीकर्तालाई शिक्षा र सचेतना दिलाउन फिल्म निर्माण गरिएको एसबानले जनाएको छ । फिल्मले शेयर बजारबारे सचेतना जगाउने एसबानको दाबी छ ।
एसबानले शेयर बजारको सचेतनामूलक अन्य सामग्रीहरू पनि युट्युबमा सार्वजनिक गर्दै लैजाने जनाएको छ । एसबानले हालै सम्पन्न २८ औं वार्षिक साधारणसभाबाट विद्युतीय माध्यमबाट लगानीकर्तालाई शिक्षा र सचेतना जगाउने अभियान शुरु गरेको हो ।