
कक्षा १२ को परीक्षा सारिएको छ। शिक्षक आन्दोलनको कारण परीक्षा अब वैशाख २१ गतेदेखि सुरु हुने गरी राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति तय गरेको हो। यसअघि परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने योजना थियो। तर, हालको परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा सार्नुपरेको बोर्डले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि परीक्षा सार्ने निर्णय गरिएको बोर्डले स्पष्ट पारेको छ। मंगलबार बिहान बसेको बोर्डको बैठकले पहिले तोकिएको मिति अनुसार नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, आन्दोलन र असहज परिस्थितिका कारण त्यो सम्भव नभएपछि निर्णयमा फेरबदल गरिएको हो।
शिक्षक आन्दोलनले विद्यालय तहको पठनपाठन प्रभावित बनेको छ। विद्यार्थी, अभिभावक र शिक्षकहरूमाझ अन्योलको अवस्था सिर्जना भएको छ। परीक्षा मिति सर्ने निर्णयले विद्यार्थीलाई तयारीका लागि केही थप समय दिएको भए पनि अस्थिरताले मानसिक दवाव बढाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले परिस्थिति सहज बनेमा तय गरिएको नयाँ मितिमा परीक्षा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ। साथै, सबैलाई संयमित र सहयोगी बन्न आग्रह पनि गरेको छ।
hi
Dia duit, theastaigh uaim do phraghas a fháil.