१५ असार २०८२, आईतवार | Email:- [email protected] | [email protected]
लौकहीमा लागुऔषधविरुद्ध जनस्तरको सचेतना अभियान - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)देशप्रदेश १प्राविधिक समाचारबिचारविचार दृष्टिकोणसाहित्य/ सिर्जनासुरक्षा/अपराधस्थानीय तह

लौकहीमा लागुऔषधविरुद्ध जनस्तरको सचेतना अभियान

सुनसरीको कोशी गाउँपालिका–१ अन्तर्गतको लौकही तथा भारतको सीमावर्ती क्षेत्र बेला आसपास लागुऔषधको बढ्दो प्रयोग र त्यसबाट उत्पन्न समस्या नियन्त्रण गर्न जनस्तरमै सचेतना अभियान सुरु गरिएको छ। सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा, विद्यालय, युवा तथा सुरक्षाकर्मीको सक्रिय सहभागितामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

सीमावर्ती क्षेत्र खुला हुँदा लागुऔषधको सहज आपूर्ति र प्रयोगले समुदायमा गम्भीर असर पार्न थालेको भन्दै सशस्त्र प्रहरी बलको अगुवाइमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण हेक्वा, सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाले सीमामा लागुऔषधको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको बताए। “कारोबार मात्र होइन, यसको लतले किशोरकिशोरीहरूमा विनाशकारी असर पारिरहेको छ,” उनले भने, “समस्या नियन्त्रणका लागि समुदाय, विद्यालय र अभिभावकको सक्रिय सहकार्य आवश्यक छ।”

एसपी थापाका अनुसार, नेपाली र भारतीय सुरक्षाकर्मीबीच समन्वय गरी संयुक्त रूपमा सीमामा पुगेर जनचेतना फैलाउने कार्यलाई प्राथमिकतामा राखिएको छ।

त्यसैगरी, बीओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतमले लागुऔषधको ओसारपसार नियन्त्रणका लागि निगरानी कडा पारिएको जानकारी दिए। “सुरक्षा निगरानीसँगै सामुदायिक जागरूकता पनि अत्यावश्यक छ,” उनले भने।

कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, संघसंस्थाका प्रतिनिधि, युवा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले लागुऔषध नियन्त्रणका लागि स्थायी संयन्त्र निर्माण र दुवै देशको साझा प्रयास अपरिहार्य रहेको धारणा राखे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button