८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा "एक पालिका, एक हुलाक" अवधारणाअन्तर्गत हुलाक कार्यालयको समुद्घाटन - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)देशप्रदेश १प्राविधिक समाचारफिचरबिचारमुख्य समाचारसाहित्य/ सिर्जनासूचना / प्रबिधिस्थानीय तह

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा “एक पालिका, एक हुलाक” अवधारणाअन्तर्गत हुलाक कार्यालयको समुद्घाटन

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा "एक पालिका, एक हुलाक" अवधारणाअन्तर्गत हुलाक कार्यालयको समुद्घाटन

चुन चुन झा / भोक्राहा नरसिंह सुनसरी, भाद्र २०, २०८१ – “एक पालिका, एक हुलाक” अवधारणाअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हुलाक कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। जिल्ला हुलाक कार्यालय सुनसरी धरान मातहत सञ्चालनमा आउने यस हुलाक कार्यालयको उद्घाटन भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा भएको हो।

समारोहको अध्यक्षता जिल्ला हुलाक कार्यालय सुनसरीका प्रमुख श्री कृष्ण कुमार कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष श्री अजमल अख्तर आजादले समारोहलाई सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा श्री सुनिता कुमारी उराँव र यसै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको उपस्थिति रहेको थियो।

“एक पालिका, एक हुलाक” कार्यक्रम नेपालको प्रत्येक स्थानीय तहमा प्रभावकारी हुलाक सेवा पुर्याउन सरकारले अघि सारेको योजना हो। यस योजना अन्तर्गत प्रत्येक पालिकामा एक हुलाक कार्यालय स्थापना गर्ने लक्ष्य राखिएको छ, जसले गाउँदेखि नगरसम्म हुलाक सेवाको पहुँचलाई बलियो बनाउने विश्वास लिइएको छ।

समुद्घाटन समारोहमा प्रमुख अतिथि श्री अजमल अख्तर आजादले हुलाक सेवाको महत्वको चर्चा गर्दै यसले गाउँपालिकाका नागरिकहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउने बताउनुभयो। उहाँले भने, “हुलाक कार्यालयले स्थानीय स्तरमा पत्राचार, कोरियर सेवा र अन्य सरकारी सेवाहरूलाई सहज बनाउनेछ। यसले हाम्रो पालिकाको विकासमा पनि महत्वपूर्ण योगदान दिनेछ।”

सभाध्यक्ष श्री कृष्ण कुमार कार्कीले हुलाक सेवा डिजिटल युगमा पनि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै, यसको सही प्रयोगले ग्रामीण क्षेत्रका जनतालाई ठुलो राहत पुग्ने बताउनुभयो। उहाँले देशभरका सबै पालिकामा हुलाक सेवाको प्रभावकारी पहुँच सुनिश्चित गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

हुलाक सेवाको स्थापनाले स्थानियहरूले आफ्ना पत्राचार, पार्सल र सरकारी कागजातहरूको सुरक्षित आदानप्रदान गर्न सहजता अनुभव गर्ने विश्वास लिइएको छ।

समुद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि स्थानीय बासिन्दाहरूले नयाँ हुलाक कार्यालयबाट सेवा लिन पाउने उत्साह व्यक्त गरेका छन्। “एक पालिका, एक हुलाक” योजना कार्यान्वयनमा आएपछि देशभरका सबै पालिकामा हुलाक सेवा सहज रुपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button