८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
खुम्बु क्षेत्रमा हिमपहिरो : घटनास्थलतर्फ प्रहरी पठाइयो - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)ताजा समाचारविचार दृष्टिकोणसुरक्षा/अपराधस्वास्थ्य

खुम्बु क्षेत्रमा हिमपहिरो : घटनास्थलतर्फ प्रहरी पठाइयो

सोलुखुम्बु जिल्लाको पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म एकिन विवरण नआएको प्रहरीले जनाएको छ । सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले अहिलेसम्म क्षतिको विवरण नआएको बताए ।

‘हामी घटनाबारे थाहा पाएका हौं । नजिकैको प्रहरीलाई विवरण बुझ्न र घटनास्थलतर्फ पठाएका छौं । केही समयपछि प्रहरी पुगेर क्षतिको अवस्थाबारे जानकारी आउँछ,’ उनले भने ।

उता, सोलुखुम्बुबाट निर्वाचित प्रदेशका सांसद गोम्बु शेर्पाले हिम पोखरी फुटेर ब्यापक रुपमा दूधकोशीमा बाढी आइरहेको जानकारीमा आएको बताए ।  दूधकोशी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो । सोलुखुम्बु, खोटाङमा क्षति पुग्न सक्ने उनले बताए ।

जिल्लाको खुम्बु पासाङ ल्यामु, माप्यदूधकोशी गाउँपालिका, सोताङ, थुलुङ दूधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्न सक्ने उनले बताए ।

‘खुम्बुको थामे गाउँमा बाढीले गर्दा केही घर बगाएको भन्ने खबर छ । दूधकोशी नदी अहिले बढेर लुक्ला फेदिसम्म आइपुगेको खबर छ,’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button