९ कार्तिक २०८१, शुक्रबार | Email:- [email protected] | [email protected]
भोटेकोशी खोलामा हाम फालेर बेपत्ता व्यक्तिको खोजीका लागि सशस्त्रले खटायो गोताखोर - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)

भोटेकोशी खोलामा हाम फालेर बेपत्ता व्यक्तिको खोजीका लागि सशस्त्रले खटायो गोताखोर

काठमाडौं– रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गास्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ।

सोही गाउँपालिका १ बस्ने अन्दाजी ४२ वर्षीय छिरिङ तामाङ यही कात्तिक ८ गते उक्त खोलामा हामी फाली बेपत्ता भएका थिए।

कात्तिक ७ गते सामान्य विवादमा सोही ठाउँ बस्ने अन्दाजी ६३ वर्षीय फुर्पु छिरिङ तामाङलाई कुटपिट गरेपछि प्रहरी चौकी थुमनले सोधपुछको लागि मोटरसाइकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा ल्याउने क्रममा गुडिरहेको मोटरसाइकललाई पल्टाई भागेर उक्त खोलामा हाम फाली उनी बेपत्ता भएका थिए।

उनको खोजीकार्यको लागि सोमबार  सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button