८ कार्तिक २०८१, बिहीबार | Email:- [email protected] | [email protected]
पोल्याण्ड पठाइदिने भन्दै २७ लाखभन्दा धेरै ठग्ने राप्ती म्यानपावरका सञ्चालक पक्राउ - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)

पोल्याण्ड पठाइदिने भन्दै २७ लाखभन्दा धेरै ठग्ने राप्ती म्यानपावरका सञ्चालक पक्राउ

रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै २७ लाख भन्दा धेरै रकम ठगी गर्ने राप्ती प्यालेसमेन्ट म्यानपावरका सञ्चालक रवीन्द्र अधिकारी पक्राउ परेका छन् ....

काठमाण्डौ – रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै २७ लाख भन्दा धेरै रकम ठगी गर्ने राप्ती प्यालेसमेन्ट म्यानपावरका सञ्चालक रवीन्द्र अधिकारी पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिने र त्यहाँ फुड प्याकिङको काममा महिनाको एक लाख रुपैयाँ कमाइ हुने भन्दै चार जनाबाट २७ लाख २५ हजार रुपैयाँ ठगी गर्ने उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

म्यानपावरका सञ्चालक अधिकारीले प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने बताएका थिए । तर पटक पटक गरी चारै जनाबाट २७ लाख २५ हजार रुपैयाँ हात परेपछि सम्पर्क विहीन भएका थिए ।

रकम लिएर म्यानपावरका सञ्चालक फरार भएपछि पीडित प्रेम तामाङसहित चार जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिए । पीडित श्रमिकको उजुरीको आधारमा विभागले रवीन्द्रको खोजी गरी उपस्थित गराइदिन प्रहरीलाई अनुरोध गरेको थियो ।

चितवनको भरतपुर नगरपालिका ६ का ४२ वर्षीय रवीन्द्रलाई आज सोमबार दिउँसो प्रहरीले काठमाण्डौको वसुन्धराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थप अनुसन्धानका लागि उनलाई विभागको कार्यालय ताहाचल पठाइएको छ ।

यस्तै, यूएई पठाइदिन्छु भन्दै डेढ लाख रुपैयाँ ठगी गर्ने रौतहटका इरफान सिद्धिकीलाई पनि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनले सूर्यबहादुर कार्कीलाई वैदेशिक रोजगारीमा यूएई पठाइदिन्छु भन्दै डेढ लाख रुपैयाँ ठगी गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button