११ कार्तिक २०८१, आईतवार | Email:- [email protected] | [email protected]
झापामा भट्टराई दम्पत्तिको शव एउटै चितामा अन्त्येष्टि , सँगै बिष सेवन गरी आत्महत्या गरे - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)ताजा समाचार

झापामा भट्टराई दम्पत्तिको शव एउटै चितामा अन्त्येष्टि , सँगै बिष सेवन गरी आत्महत्या गरे

झापामा भट्टराई दम्पत्तिको शव एउटै चितामा अन्त्येष्टि , सँगै बिष सेवन गरी आत्महत्या गरे
सँगै विष सेवन गरी आत्महत्या गरेका झापा शिवसताक्षीका एक दम्पतीको आज एउटै चितामा अन्त्येष्टि गरिएको छ । शिवसताक्षी नगरपालिका ११ दुधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको हो । भदौ १९ गते राति तेजप्रसाद र कमलाले विषादी सेवन गरेका थिए ।
विष सेवनपछि दुवै जनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो । भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि २२ गते तेजप्रसादको मृत्यु भएको हो । घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।
कमला क्यान्सर पीडित हुन् । चार वर्षदेखि स्तन क्यान्सरका रुपमा पीडित भएकी कमलाको उपचारका लागि छोरा खगेन्द्र वैदेशिक रोजगारीमा गए । छोराले कमाएको रकमले कमलाको उपचार सम्भव थिएन । श्रीमान्ले पनि श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेका थिएनन् । तर कमलाको शरीरमा लागेको रोग निको हुने अवस्थामा थिएन ।
श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल आर्थिक अवस्था दयनीय भएकै कारण निकाल्न सकेका थिएनन् । २०६१ सालमा ताप्लेजुङको खेवाङबाट बसाइ सरी आएका भट्टराई दम्पतीको एक मात्र छोरा खगेन्द्र हुन् । १ कट्ठा जग्गा र त्यसमा बनेको घरबाहेक भट्टराई दम्पतीको केही थिएन। यस्तो दुखददायी पिडा कसैलाई नहोस् ।
May be a black-and-white image of 3 people

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button