सोलुखुम्बुमा एक अस्ट्रेलियन नागरिकको ज्यान गयो
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियन नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २रात्माटेमा अस्ट्रेलियन नागरिक ६३ वर्षीय भ्यालेन्स फिलिप्स थोमसको सोमबार ज्यान गएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएकोछ ।
कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पुर्ण दाहालका अनुसार आईतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थलओर्लिएका थोमस त्यहाँबाट संखुवासभा जाने कार्यतालिका थियो । हिड्दै गर्दा एक्कासी उकालो बाटोमा ढलेका उनको उपचारकोक्रममा ज्यान गएको सई दाहालले बताए ।
थोमससहित ३ जना अस्ट्रेलियन नागरिक नेपाली गाईड योग्य बहादुुर कार्कीको नेतृत्वमालुक्लाबाट मेरापिक हुँदै संखुवासभाको तुम्लिङटार तर्फ अघि बढेका थिए । शवको कानुनी प्रकृया पुरा गरिएको छ भने उनको शव भोलीहेलिकप्टर मार्फत पोष्ट मार्टमका लागि काठमाण्डौँ लैजाने प्रहरीले जनाएको छ ।