८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
लागू औषध दुर्व्यसन विरुद्धको अभियान कार्यक्रम भोक्राहा नरसिंह गा.पा. मा सम्पन्न - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारप्रदेश १फिचरविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

लागू औषध दुर्व्यसन विरुद्धको अभियान कार्यक्रम भोक्राहा नरसिंह गा.पा. मा सम्पन्न

चुन चुन झा। भोक्राहा नरसिंह – फ्यान क्लब सुनसरी र भोक्राहा नरसिंह गाउँपालिकाको संयुक्त आयोजनामा आज सोमबार भोक्राहा नरसिंह गाउँपालिकाको सभा हलमा टी-सर्ट वितरण तथा फ्यान बुलेटिन अभिमुखीकरण कक्षा सञ्चालन भएको छ।
उक्त कार्यक्रममा अध्यक्षताको भूमिका फ्यान जिल्ला कार्य सम्पादन समितिका संयोजक एवं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले निर्वाह गरेका थिए। प्रमुख अतिथिको रूपमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रमको शोभा बढाएका थिए। कार्यक्रममा अतिथिको रूपमा यसै गाउँपालिकाका वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरु तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु उपस्थित थिए।
उक्त कार्यक्रमको मुख्य उद्देश्य फ्यान बुलेटिनको बारेमा जानकारी दिनु, लागुऔषध दुर्व्यसन विरुद्धको अभियानलाई प्रभावकारी बनाउनु र समुदाय-प्रहरी साझेदारीलाई सुदृढ बनाउनु रहेको थियो। कार्यक्रममा प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले लागुऔषध सम्बन्धी ऐन, २०३३ (नियन्त्रण र नियमन) र त्यसका प्रावधानहरु बारे विस्तृत रुपमा जानकारी गराएका थिए।

                         
कार्यक्रममा सहभागीहरुमा लागुऔषध दुरुपयोग विरुद्ध सचेतना फैलाउनको लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। फ्यान बुलेटिनको अभिमुखीकरण कक्षामा सहभागि सबैले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।
फ्यान क्लबको पहलले लागुऔषध दुर्व्यसन विरुद्धको संघर्षमा समुदाय र प्रहरीले मिलेर काम गर्ने वातावरण सिर्जना गरेको आयोजकहरुले बताएका छन्।
त्यस्तै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने, “लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि हामी सबै मिलेर प्रयास गर्नु आवश्यक छ। फ्यान क्लबको यो पहलले हाम्रो समुदायमा सकारात्मक परिवर्तन ल्याउनेछ। हामीले टोल-टोलमा स्वयंसेवक परिचालन गरेर लागुऔषध दुरुपयोग विरुद्धको चेतना फैलाउने छौं। यस प्रकारका कार्यक्रमलाई निरन्तर रुपमा आयोजना गरेर हामी समाजलाई सुरक्षित र स्वस्थ बनाउन प्रतिबद्ध छौं।”
कार्यक्रममा सहभागीहरुले यस प्रकारको अभिमुखीकरण कक्षा निरन्तर रुपमा आयोजना गर्नुपर्नेमा जोड दिएका छन्, जसबाट समुदायमा लागुऔषध दुरुपयोग विरुद्धको चेतना अझ व्यापक रुपमा फैलाउन सकिनेछ। साथै, समुदायमा हुने गरेका प्रमुख घटना तथा लागुऔषध न्यूनीकरण गर्नका लागि टोल-टोलमा स्वयंसेवक समेत परिचालन गरिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button