९ कार्तिक २०८१, शुक्रबार | Email:- [email protected] | [email protected]
पालिका अध्यक्ष अजमल अख्तरद्वारा एसइई परिक्षार्थीलाई भब्य स्वागत, ९० वर्षपछि भाेक्राहा नरसिंहमा पहिलोपटक परिक्षा केन्द्र कायम - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)स्थानीय तह

पालिका अध्यक्ष अजमल अख्तरद्वारा एसइई परिक्षार्थीलाई भब्य स्वागत, ९० वर्षपछि भाेक्राहा नरसिंहमा पहिलोपटक परिक्षा केन्द्र कायम

चुन चुन झा / भोक्राहा नरसिंह। सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाकै इतिहासमा पहिलोपटक माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा केन्द्र कायम भएपछि परिक्षामा सहभागी परिक्षार्थीहरूलाई भब्य स्वागत गरेका छन् ।
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले एसइई परिक्षामा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिदैं खादा र अबिर लगाएर भब्य स्वागत गरेका हुन् ।

       

उनले परिक्षार्थीहरूलाई स्वागत सम्मान गर्दै परीक्षा अवधिभर शान्तिपूर्ण तथा भयरहित वातावरणमा ढुक्कसँग परीक्षामा सहभागी हुन सबैलाई आह्वान पनि गरेको छन् ।
त्यस्तै पालिका अध्यक्ष अजमल अख्तरले भाेक्राहा नरसिंह गाउँपालिकाकै इतिहासमै पहिलोपल्ट माध्यमिक शिक्षा परीक्षा “एसइई” केन्द्र पालिका अन्तरगत रहेका ८ वटै वडाका विद्यार्थीहरूलाई आउनजान सहज हुने ठाउँमा कायम भएपछि गाउँवासीहरूमा पनि खुसयाली छाएको बताए ।

यता १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना हुनुभन्दा अघि नेपाली विद्यार्थीहरु प्रवेशिका परीक्षा दिन भारतको कोलकत्ता जाने गरेका थिए ।
विसं १९३६ सालदेखि कोलकत्तामा प्रवेशिका परीक्षा अर्थात् म्याट्रिक दिने व्यवस्था मिलाएका राणा शासकहरुले विसं १९८० देखि नेपाललाई नजीक पर्ने गरी पटनाबाटै म्याट्रिक दिने व्यवस्था मिलाइएको थियो ।

२०७३ सालमा सरकारले संसोधन गर्दै १ देखि ८ सम्म आधारभुत र ९ देखि १२ सम्म विद्यालय शिक्षाका रुपमा निर्धारण गरेपछि २ वर्षदेखि एसईईका रुपमा परीक्षा लिन थालिएको हो ।
८३ वर्षसम्म रहेको एसएलसीको इतिहास वि.सं २०७३ सालमा आएर रोकिएकाे थियो । भने २०७३ पछि विद्यालयको तहगत संरचनालाई परिवर्तन गर्दै सरकारकले एसएलसीलाई एसईईमा रुपान्तरण गरिएको थियोे ।

विक्रम सम्वत २०७३ को निर्णयलाई कार्यान्वयन गर्दै नतिजालाई ग्रेडिङ प्रणालीमा रुपान्तरण गर्ने उद्देश्यका साथ विसं २०७५ सालदेखि एसईई परीक्षा प्रणाली सुरुवात भएको हाे ।
यता झन्डै ९० वर्षपछि भाेक्राहा नरसिंह गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा “एसइई” परीक्षा केन्द्र कायम भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए ।

नयाँ कायम गरिएको चिराैली स्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परिक्षा केन्द्रमा शारदा माध्यमिक विद्यालय भोक्राहा नरसिंह १(ढाेक), जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह ३ (शिवगञ्ज), शजनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह ७ (नरसिंह) र जामिया इस्लामीया भोक्राहा नरसिंह ४ (आकाहा) का अध्ययनरत विद्यार्थीहरू सहभागी भएका छन् ।

यता आज बिहीबार सम्पन्न भएको अंग्रेजी विषयको परिक्षामा नियमित तर्फ २ सय परिक्षार्थी मध्ये १ सय ९९ जना र ग्रेडवृद्वि तर्फ २ जना मध्ये १ जना गरि जम्मा २ सय जना विद्यार्थीहरूको सहभागीता रहेको शिक्षा तथा समन्वय इकाईका प्रमुख सुवेदीले बताए ।

                    

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button