९ कार्तिक २०८१, शुक्रबार | Email:- [email protected] | [email protected]
सवारी दुर्घटनामा निधन - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)

सवारी दुर्घटनामा निधन

सवारी दुर्घटनामा निधन

पथरीशनिश्चरे १० का समाजसेवी श्रीप्रसाद काङवा लिम्बुको सवारी दुर्घटनामा निधन , मोरङको पथरीशनिश्चरे ०१ स्थित पुर्व बस स्टेण्ड छेउमा ट्रकको ठक्करबाट पथरीशनिश्चरे १० का समाजसेवी श्रीप्रसाद काङवा लिम्बुको निधन भएको छ।
आज शनिबार बिहान ८ बजे समाजसेवामा समेत निक्कै सकृय समाजसेवी श्रीप्रसाद आफ्नो निजी मोटर साइकलमा पश्चिमबाट पूर्वतिर आउदै गर्दा सोहि दिशाबाट आएको ना ४ ख ७०७४ नम्बरको ट्रकले साईडमा ठक्कर दिएर निधन भएको हो।
ठक्कर पछि घाईते भएका श्रीप्रसादलाई नजिकैको उर्लावारी स्थित मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि पुर्याइएको थियो। त्यहाँका डाक्टरले गंभिर घाईते भएका उनलाई मृत घोषणा गरेका थिए।
समाजसेवी श्रीप्रसाद आर्थिक सहयोगको लागि गन्तव्यस्थल तर्फ गैरहेको वेला पछाडीबाट पूर्व तिर आईरहेको सो ट्रकले सागुरो पिच सडकमा पुर्वबाट पश्चिम तर्फ आएको बसलाई साइट दिने क्रममा साईटमा सवार गरिरहेका लिम्बुलाई सो ट्रकले ठक्कर दिएको थियो।
ईलाका प्रहरी कार्यालय पथरीले ठक्कर दिँने सो ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सहित कार्वाही अगाडि बढाईएको पथरीका डिएसपी गणेश कुमार श्रेष्ठले जानकारी दिनुभयो।
मृतक लिम्बु गएको स्थानीय निर्वाचनमा राप्रपा दलको तर्फबाट वडाध्यक्ष पदको लागि प्रत्यासी उम्मेदवार समेत बन्नु भएको थियो।
वडा नम्बर १० का वडाध्यक्ष जीवन खतिवडाका अनुसार मृतकका परिवारका छोरा छोरी विदेशमा रहेकाले उहांहरू नआउन्जेल सम्म केही दिन मृतकको शव नबुझ्ने भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। हाल मृतकको शव मदन भण्डारी ट्रमा सेन्टरको शव गृहमा राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button