१० कार्तिक २०८१, शनिबार | Email:- [email protected] | [email protected]
सुनसरीको जिल्ला प्रशासन कार्यालय बाट पत्रकारहरुलाई सम्मान पत्र - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)फिचरविचार दृष्टिकोण

सुनसरीको जिल्ला प्रशासन कार्यालय बाट पत्रकारहरुलाई सम्मान पत्र

सुनसरीमा भयो नयाँ अभ्यासको सुरुवात, जादाँजादै सीडियोले गर्नुभयो सुशासनको पक्षमा कलम चलाउने पत्रकारलाई सम्मान

 

सुरेन्द्र कुशवाहा । इनरुवा
जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरुवा भएर जादै गर्दा नमुना उदाहरणीय तथा नयाँ अभ्यासको सुरुवात गर्नुभएको छ । जिल्लाबाट सरुवा भएर जादाँजादै सीडियो पाण्डेले शान्ती, सुरक्षा र नागरिकको हित सहित सुशासनको पक्षमा कलम चलाउने पत्रकारलाई सम्मान गर्नुभएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले यो नमुना र नयाँ अभ्यासको सुरुवात भएको जनाएको छ । जिल्लामा राष्टिय तथा स्थानीय मिडियामा सुशासनको पक्षमा कलम चलाउने पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा एक कार्यक्रमका बीच आधा दर्जन बढी पत्रकारलाई सम्मान गरिएको हो ।


सुनसरीको समग्र शान्ति सुरक्षा कायम गर्न, आवश्यक सूचना सम्प्रेषण गर्न, सार्वजनिक सेवा प्रवाहमा सरलीकरणगरि जनगुनासा सम्बोधन गर्न, सुचना आदानप्रदान तथा व्यवस्थापन गरि जिल्ला प्रशासन कार्यालयको कार्य सम्पादनको नागरिकस्तरमा प्रचारप्रसार गर्नुका साथै व्यवसायीक पेसाको मर्यादामा रहि इमानदार तरिकाले बस्तुनिष्ठ सूचना सम्प्रेषण गर्ने गोरखापत्र दैनिकका समाचारदाता जयकृष्ण यादव सहितका पत्रकारहरुलाई सराहनीय कामको उच्च कदर गर्दै प्रशांसा पत्र प्रदान गरिएको जनाएको छ ।
प्रजिअ पाण्डेबाट सुशासनका पक्षमा कलम चलाउने सम्मानितहरुमा गारेखापत्र दैनिकका जयकृष्ण यादव, नागरिक दैनिकका पत्रकार तथा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खडका , नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य इकवाल अहमद ,महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासंघका कोषाध्यक्ष अजितकुमार झा, पत्रकार राजेन्द्र पोखरेल ,हिमाल दाहाल, कान्तीपुरका अर्जुन पोडेल, पत्रकार प्रमोद यादव , जजन्युज र सत्य संसार साप्ताहिकका पत्रकार सुरेन्द्र कुशवाहा सहित रहनुभएको छ । उहाँहरुलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रशांसापत्र प्रदान गर्नुभएको थियो ।

सम्मानितहरुलाई जिल्ला प्रशासन कार्यालयको तर्फबाट सफल भविष्यको कामना सहित हार्दिक बधाई ज्ञापन व्यक्त गर्नुभएको थियोे । सम्मान कार्यक्रममा जिल्लाका सुरक्षाअधिकारीहरु, कार्यालय प्रमुखहरु समेतको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button