मलेसियामा नेपाली ब्यावसायीको होटलमा कार्यरत सन्तोष क्षेत्रीको सुत्यासुत्यै अवस्थामा मृत्यु।
क्वालालम्पुर (मलेसिया) मलेसियामा पछिल्लो समय दिनानुदिन मृत्यु हुने नेपाली श्रमिकको संख्या पुनः बढ्दै गइरहेको देखिन्छ । पछिल्ला दिनयता घाँटी मा पासो लगाएर आत्महत्या गर्ने नेपाली श्रमिकको संख्या पनि उतिनै बढि छन् ।
नेपाली श्रमिकको मृत्यु हुने क्रममै आईतवार राती सुतेकै अवस्थामा सुत्यासुत्यै पुनः एकजना नेपाली कामदारको मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा बिगत ११ बर्षदेखि मलेसियाको सेलाङ्गर राज्यमा पर्ने केलाङ मेरुमा कार्यरत पर्वत जिल्ला निवासी नेपाली श्रमिक सन्तोष क्षेत्रीको आईतवार राती सुत्यासुत्यै अवस्थामा मृत्यु भएको हो ।
मृतक सन्तोष नेपालदेखि पहिले मलेसियाको प्रतिष्ठित टपग्लोब कम्पनीमा काम गर्न आएको तर पछिल्लो केहि बर्षदेखि आफ्नो रोजगारदाता कम्पनी टपग्लोब कम्पनी छाडेर , भागेर अवैधानिक हैसियतमा रहि एक नेपाली ब्यवसायीको होटलमा कार्यरत रहि आएका थिए ।
जानकारी अनुसार राती खाना खाएर सुतेका सन्तोष राती सुत्यासुत्यै भएको हो । बिहान स्थानीय प्रहरी आएर पोस्टमार्टम गर्नको लागि मृतक सन्तोषको शव अस्पताल लिएर गएको सोही ठाउँमा काम गर्ने एक नेपाली श्रमिकलेनै बताए ।