८ कार्तिक २०८१, बिहीबार | Email:- [email protected] | [email protected]
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैँडा - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैँडा

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा तस्करले २ गैँडा मारेका छन्। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट ३.५ किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन्। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन्। उनले भने, ‘छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ। अर्को ठूलो गैँडाको खाग छैन।’

६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। सानो गैँडा अन्दाजी ३ दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ।

बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए। यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले ५ वटा गैँडा मरेका छन्। गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईटा गैँडा मारेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button